कस्केली तामाङ पत्रकारलाई तालिम
पाेखरा | भदौ २, २०८०
देबिका तामाङ /पोखरा: २९ औं तामाङ प्रसारण दिवसको अवसरमा नवगठित तामाङ पत्रकार संघ कास्कीले एक दिने तालिम सम्पन्न गरेको छ ।
आज (शनिबार) संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं एक दिने पत्रकारिता तालिम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो पहिचान र अस्तित्व संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् ।
उनले पत्रकारितामार्फत समुदायलाई माथि उठाउन सकिने बताउदै स्वच्छ र निष्पक्ष पत्रकारितामा सक्रिय हुनुपर्ने धारणा राखिन् ।
उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएकी थिइन् ।

सो कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङ, संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ लगायतले बोलेका थिए ।
रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्यहरुलाई लक्षित गरी पत्रकारिताबारे प्रशिक्षण दिएका थिए ।
सो तालिममा तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको थियो ।
तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सदस्य सुजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष सन्तोष तामाङले गरेका थिए ।

काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

